News Highlights
दिगो फोहोरमैला व्यवस्थापनका लागि सर्वेक्षण | ४५ औं विश्व वातावरण दिवस २०७४ अवसरमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि घरदैलो कार्यक्रम सम्पन्न | प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि जनचेतना कार्यक्रम | विर्तामोडमा हरित मेला | विश्व वातावरण दिवस मनाउने भव्य तयारी | वातावरण प्रदुषण र न्यूनिकरण विषयक चित्रकला प्रतियोगिता सम्पन्न | पृथ्वी दिवसमा वृक्षारोपण कार्यक्रम सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्रसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | हाम्रो वातावरण पत्रिकाको विमोचन सम्पन्न | घोडामारामा उद्यान निर्माण सम्पन्न | चन्द्रगढीमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न | महेशपुरमा खुल्ला दिसामुक्त सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | सन् २०१६ सम्ममा झापा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा जुटौं | जलवायु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | जलवायु परिवर्तन र रेड्प्लस विषयक एक दिने विद्यालय सचेतना कार्यक्रम सम्पन्न |
दिगो फोहोरमैला व्यवस्थापनका लागि सर्वेक्षण
Published Date:2018-03-25 02:36:56 AM


विर्तामोड। वातावरण संरक्षण मञ्च नेपालले ठोस फोहोरमैला व्यवस्थापनका लागि सर्वेक्षण कार्यक्रम सम्पन्न गरेको छ । विर्तामोड नगरपालिकाको वडा नं. ४ र ५ का घर, व्यापारिक क्षेत्र र संघ संस्था गरी जम्मा १८६ वटामा १५ दिनसम्म फोहोरको उत्पादन र बनोट सम्बन्धी सर्वेक्षण गरेको हो । विर्तामोड नगरपालिकाको आर्थिक सहयोग साथै संस्थाका अध्यक्ष तथा गोल्डेनगेट इन्टरनेसनल कलेजमा वातावरण विज्ञानमा स्नातकोत्तर गरिरहेका हैकम घिसिङको नेतृत्वमा मेची बहुमुखी क्याम्पसमा वातावरण विज्ञान विषयमा स्नातक तहमा अध्ययनरत १२ जना विद्यार्थीहरुको टोलीले सो सर्वेक्षण गरेका हुन् ।Image title

सर्वेक्षण पश्चात नगरपालिकाबाट हाल उत्पादन भैरहेको फोहोरको परिमाण र बनोट थाहा पाइनुका साथै पुनः चक्रण र पुनःप्रयोग गर्न सकिने र कम्पोष्ट मल तथा बायो ग्यास बनाउन सकिने फोहोरको परिमाण पनि निस्किने छ । यसले नगरपालिकाको फोहोरलाई दीर्घकालिन रुपमा व्यवस्थापन गर्न एकीकृत योजना बनाउन सहयोग पु¥याउने संस्थाका कार्यालय सचिव सत्यम चौधरीले बताउनुभयो । प्रश्नावली सर्वेक्षण र तथ्याङ्क संकलन कार्य सकिसकेकाले अबको १ महिनाभित्र तथ्याङ्कको विश्लेषण गरी पूर्ण प्रतिवेदन तयारी गरिने संस्थाका कार्यसमिति सदस्य रोशन लामाले जानकारी दिनुभयो । Image titleImage titleImage titleImage title