News Highlights
दिगो फोहोरमैला व्यवस्थापनका लागि सर्वेक्षण | ४५ औं विश्व वातावरण दिवस २०७४ अवसरमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि घरदैलो कार्यक्रम सम्पन्न | प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि जनचेतना कार्यक्रम | विर्तामोडमा हरित मेला | विश्व वातावरण दिवस मनाउने भव्य तयारी | वातावरण प्रदुषण र न्यूनिकरण विषयक चित्रकला प्रतियोगिता सम्पन्न | पृथ्वी दिवसमा वृक्षारोपण कार्यक्रम सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्रसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | हाम्रो वातावरण पत्रिकाको विमोचन सम्पन्न | घोडामारामा उद्यान निर्माण सम्पन्न | चन्द्रगढीमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न | महेशपुरमा खुल्ला दिसामुक्त सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | सन् २०१६ सम्ममा झापा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा जुटौं | जलवायु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | जलवायु परिवर्तन र रेड्प्लस विषयक एक दिने विद्यालय सचेतना कार्यक्रम सम्पन्न |
४५ औं विश्व वातावरण दिवस २०७४ अवसरमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न
Published Date:2017-06-13 04:11:03 PM


    ४५ औं विश्व वातावरण दिवस २०७४ अवसरमा “प्रकृतिसँग हाम्रो सम्बन्ध; रहिरहोस् अनन्त” भन्ने मुल नारासहित विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । वातावरण संरक्षण मञ्च नेपाल र सगरमाथा सामुदायिक विकास केन्द्रको आयोजनामा झापाको बालकल्याण मावि कुञ्जीबारीमा निबन्ध प्रतियोगिता गरिएको हो । कार्यक्रममा मिस नेपाल इन्टरनेशनल २०१६ वर्षा लेखीको प्रमुख आतिथ्यता रहेको थियो भने बाल कल्याण माविका प्रधानाध्यापक भोलाप्रसाद खतिवडाको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी इसिएफ नेपालका अध्यक्ष हैकम घिसिङ, सगरमाथा सामुदायिक विकास केन्द्रका प्रतिनिधि कुवेर ढकाल, इसिएफ नेपालका उपाध्यक्ष रमेश राजवंशी लगायतको आतिथ्यता रहेको थियो ।Image title
कार्यक्रममा बाल कल्याण मावि लगायत आसपासका ५ वटा विद्यालयहरुका १०० भन्दाबढी विद्यार्थीहरु बीच प्रमुख अतिथि लेखीले वातावरण संरक्षणमा विद्यार्थीको भूमिकाबारे सचेतना प्रदान गर्दै अन्तर्क्रिया गरेकी थिइन् भने विद्यार्थीहरुले “सरसफाई प्रवर्द्धनमा बालबालिकाको भूमिका” विषयमा निबन्ध लेखेका थिए । कुल १२ जना विद्यार्थीहरु सहभागी रहेको प्रतियोगितामा प्रथम मनिष अधिकारी, द्धितीय मनिता लिम्बु र तृतीयद्धय सुमित्रा हाँस्दा र देविमाया लिम्बु भएका छन् ।Image titleImage title
कार्यक्रम वातावरण संरक्षण मञ्च नेपालका सचिव नविन कोइरालको सञ्चालन तथा बाल क्लवका अध्यक्ष टिना भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो । Image titleImage title