News Highlights
दिगो फोहोरमैला व्यवस्थापनका लागि सर्वेक्षण | ४५ औं विश्व वातावरण दिवस २०७४ अवसरमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि घरदैलो कार्यक्रम सम्पन्न | प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि जनचेतना कार्यक्रम | विर्तामोडमा हरित मेला | विश्व वातावरण दिवस मनाउने भव्य तयारी | वातावरण प्रदुषण र न्यूनिकरण विषयक चित्रकला प्रतियोगिता सम्पन्न | पृथ्वी दिवसमा वृक्षारोपण कार्यक्रम सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्रसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | हाम्रो वातावरण पत्रिकाको विमोचन सम्पन्न | घोडामारामा उद्यान निर्माण सम्पन्न | चन्द्रगढीमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न | महेशपुरमा खुल्ला दिसामुक्त सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | सन् २०१६ सम्ममा झापा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा जुटौं | जलवायु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | जलवायु परिवर्तन र रेड्प्लस विषयक एक दिने विद्यालय सचेतना कार्यक्रम सम्पन्न |
खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि घरदैलो कार्यक्रम सम्पन्न
Published Date:2016-06-30 01:30:13 PM

वातावरण संरक्षण मञ्च नेपालको आयोजना तथा भद्रपुर नगरपालिकाको सहयोगमा खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ । भद्रपुर नगरपालिकाका वडा सचिव याम बहादुर ठकुरीको अध्यक्षतामा वडाका शौचालय विहिन घरहरुमा घरदैलो कार्यक्रम गरिएको हो । 

Image title

 
कार्यक्रममा वडा नागरिक मञ्च वडा नंं. ८ का संयोजक रेमनाथ चुडाल, वातावरण संरक्षण मञ्च नेपालका अध्यक्ष हैकम घिसिङ, मञ्चका उपाध्यक्ष रमेश राजवंशी, वडा नागरिक मञ्च उपाध्यक्ष मेनुका शर्मा दाहाल, ने.क.पा. संयुक्तका महेन्द्र लावती, सामाजिक परिचालक रेणु गुरुङ लगायतको उपस्थिति रहेको थियो । 

Image title

वातावरण संरक्षण मञ्च नेपालको अगुवाईमा भद्रपुर नगरपालिकाका ८,९ र १४ वडाहरु यसै आर्थिक वर्षमा खुल्ला दिसामुक्त वडा घोषणा गर्ने तयारी भएको मञ्चका सदस्य प्रदीप राजवंशीले बताए ।