News Highlights
दिगो फोहोरमैला व्यवस्थापनका लागि सर्वेक्षण | ४५ औं विश्व वातावरण दिवस २०७४ अवसरमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि घरदैलो कार्यक्रम सम्पन्न | प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि जनचेतना कार्यक्रम | विर्तामोडमा हरित मेला | विश्व वातावरण दिवस मनाउने भव्य तयारी | वातावरण प्रदुषण र न्यूनिकरण विषयक चित्रकला प्रतियोगिता सम्पन्न | पृथ्वी दिवसमा वृक्षारोपण कार्यक्रम सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्रसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | हाम्रो वातावरण पत्रिकाको विमोचन सम्पन्न | घोडामारामा उद्यान निर्माण सम्पन्न | चन्द्रगढीमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न | महेशपुरमा खुल्ला दिसामुक्त सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | सन् २०१६ सम्ममा झापा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा जुटौं | जलवायु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | जलवायु परिवर्तन र रेड्प्लस विषयक एक दिने विद्यालय सचेतना कार्यक्रम सम्पन्न |
प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि जनचेतना कार्यक्रम
Published Date:2016-06-30 08:53:44 AM

वातावरण संरक्षण मञ्च नेपालको आयोजना तथा जिल्ला विकास समिति झापाको सहयोगमा प्लाष्टिक मुक्तक्षेत्र निर्माणका लागि जनचेतना कार्यक्रम सम्पन्न भएको छ । शान्तिनगर गाविसको सभाहलमा सम्पन्न कार्यक्रमको उद्घाटन शान्तिनगर गाविसका सचिव भूमि निरौंलाले गर्नुभएको थियो भने एमाले गाउँ कमिटि अध्यक्ष फौदराज शेर्मा, मंगोल नेशनल अर्गानाइजेशन प्रतिनिधि पदम बहादुर नेम्बाङ, जिल्ला लघु उद्यमी समुह संघका प्रतिनिधि सन्तोष चौधरी लगायत शुभकामना मन्तव्य राख्नुभएको थियो ।
मञ्चका सदस्य प्रदीप राजवंशीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा अध्यक्ष हैकम घिसिङ र सचिव नविन कोइरालाले प्लाष्टिक प्रयोगले विभिन्न क्षेत्रमा पारेको असर र त्यसको न्यूनिकरणका लागि स्थानीय स्तरबाट गर्न सकिने प्रयासहरुको बारेमा प्रेजेनटेसन र डकुमेन्ट्री मार्फत् प्रष्ट पार्नु भएको थियो ।Image titleसहभागीले शान्तिनगर गाविसलाई प्लाष्टिकमुक्त गाविस बनाउन प्लाष्टिकको झोलाको प्रयोग बन्द गर्नुपर्ने, प्लाष्टिकको झोलाको विकल्पको रुपमा वातावरणमैत्री झोला प्रयोग गर्नुपर्नेर्, गाउँ-गाउँ, टोल- टोललाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्नुपर्नेर्, प्लाष्टिक उत्पादन गर्ने उद्योग तथा व्यापारीलाई दण्ड , जरिवाना गर्नुपर्ने जस्ता सुझावहरु दिएका थिए । त्यसैगरी प्लाष्टिकलाई नबाल्ने, नफाल्ने र नगाढ्ने कुरामा पनि सहभागीहरुले प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रत्येक व्यक्तिले प्रति वर्ष सरदर ३४५ वटा प्लाष्टिकको झोला प्रयोग गर्ने र एउटा प्लाष्टिकको झोला कुहिनलाई लगभग ४ सय ५० वर्ष लाग्ने भएकाले त्यसले मानव स्वास्थ्य लगायत वातावरणमा नकरात्मक असरहरु पार्ने भन्दै प्लाष्टिकको झोलाको प्रयोग पूर्णरुपमा बन्द गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।