News Highlights
दिगो फोहोरमैला व्यवस्थापनका लागि सर्वेक्षण | ४५ औं विश्व वातावरण दिवस २०७४ अवसरमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि घरदैलो कार्यक्रम सम्पन्न | प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि जनचेतना कार्यक्रम | विर्तामोडमा हरित मेला | विश्व वातावरण दिवस मनाउने भव्य तयारी | वातावरण प्रदुषण र न्यूनिकरण विषयक चित्रकला प्रतियोगिता सम्पन्न | पृथ्वी दिवसमा वृक्षारोपण कार्यक्रम सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्रसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | हाम्रो वातावरण पत्रिकाको विमोचन सम्पन्न | घोडामारामा उद्यान निर्माण सम्पन्न | चन्द्रगढीमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न | महेशपुरमा खुल्ला दिसामुक्त सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | सन् २०१६ सम्ममा झापा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा जुटौं | जलवायु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | जलवायु परिवर्तन र रेड्प्लस विषयक एक दिने विद्यालय सचेतना कार्यक्रम सम्पन्न |
विर्तामोडमा हरित मेला
Published Date:2016-06-30 08:31:46 AM

४४ औं विश्व वातावरण दिवसको अवसरमा “हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौं लगाई सम्मूर्ण तन, मन र धन” भन्ने मूल नारासहित झापा जिल्लामा पहिलोपटक वातावरणमैत्री उत्पादन तथा प्रविधिहरुको प्रदर्शनी कार्यक्रम “हरित मेला” सम्पन्न भएको छ । जेठ २४ र २५ गते विर्तामोडमा सम्पन्न कार्यक्रमको उत्घाटन मदन भुजेलले गर्नुभएको थियो । मिस नेपाल इन्टरनेसनल बर्षा लेखीको विशेष आतिथ्यता रहेको कार्यक्रममा प्रा.डा. के. आर. खम्बू, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर प्रमोद कुमार दत्त, विर्तामोड नगरपालिकाका अधिकृत रवीन्द्र प्रसाद वस्ती, नेपाली कांग्रेसका लक्ष्मी आचार्य, नेकपा माओवादी केन्द्रका अरुण श्रेष्ठ, फोरम लोकतान्त्रिकका रामु सिंह, राप्रपा नेपालका शंकर रिजाल लगायतले बोल्नुभएको थियो । उत्घाटन कार्यक्रम संस्थाका अध्यक्ष हैकम घिसिङ अध्यक्षता र सञ्चालन सचिव नविन कोइरालाले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रमेश राजवंशीले राख्नुभएको थियो । हरित मेलामा कुल २२ वटा वातावरणमैत्री स्टल राखिएको थियो ।

Image title

त्यसैगरी हरित मेलाको समापन स्थानीय विकास अधिकारी खेमराज ओझाले गर्नुभयो । वातावरण संरक्षणका लागि चेतना जगाउने उद्दश्यले वातावरण संरक्षण मञ्च नेपालले उक्त दुई दिने मेलाको आयोजना गरेको हो ।मेलामा वातावरण संरक्षण तथा पर्यावरण प्रर्वद्धनको क्षेत्रमा पत्रकारिताको माध्ययमबाट महत्वपूर्ण योगदान र्पुयाएकोले वातावरण संरक्षण मञ्च नेपालले पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरीसहित तीनजनालाई सम्मान गरेको छ । यसैगरी वातावरण संरक्षणका लागि अतुलनीय योगदान दिनुभएकाले मेची बहुमुखी क्यामपसका प्राध्यापक डा. कालुराम खम्बु र सिमसार निर्माण गरी बन्यजन्तु तथा जैविक विविधता संरक्षण गर्नुभएकाले जामुनखाडी सामुदायिक वनका अध्यक्ष पर्शुराम गिरी लाई पनि सम्मान गरियो ।

Image title

 दुइदिनसम्म लागेको उक्त मेलाको विद्यार्थी तथा अन्य सर्वसाधारण गरि करीब तीन हजार जनाले अवलोकन गरेका थिए ।

मेलामा ब्याट्रीबाट चल्ने स्कुटर, व्रिकेट कोइला, ह्याण्डिक्राफ्ट लगायतका वातावरणमैत्री सामानहरु लगायत कुल २२ वटा स्टल राखिएका थिए । मेलामा बिभिन्न विद्यालयबाट मेला अवलोकनका लागि आएका विद्यार्थीहरुका लागि जलवायु परिवर्तन र वातावरण सम्बन्धी वृत्तचित्र प्रदर्शनी गरिएको थियो । त्यस्तै विद्यार्थीहरुलाई लक्षित गर्दै‘हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन’ विषयमा निबन्ध प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

Image titleत्यसैगरि बिशेष अतिथिको रूपमा आउनुभएकी मिस नेपाल इन्टरनेशनल वर्षा लेखीका सहित विद्यार्थी र सर्वसाधारण को उपस्थितिमा ‘वातावरण संरक्षण हाम्रो भूमिका’ बिषयक अन्तर्क्रिया समेत गरिएको थियो ।

Image title