News Highlights
दिगो फोहोरमैला व्यवस्थापनका लागि सर्वेक्षण | ४५ औं विश्व वातावरण दिवस २०७४ अवसरमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि घरदैलो कार्यक्रम सम्पन्न | प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि जनचेतना कार्यक्रम | विर्तामोडमा हरित मेला | विश्व वातावरण दिवस मनाउने भव्य तयारी | वातावरण प्रदुषण र न्यूनिकरण विषयक चित्रकला प्रतियोगिता सम्पन्न | पृथ्वी दिवसमा वृक्षारोपण कार्यक्रम सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्रसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | हाम्रो वातावरण पत्रिकाको विमोचन सम्पन्न | घोडामारामा उद्यान निर्माण सम्पन्न | चन्द्रगढीमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न | महेशपुरमा खुल्ला दिसामुक्त सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | सन् २०१६ सम्ममा झापा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा जुटौं | जलवायु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | जलवायु परिवर्तन र रेड्प्लस विषयक एक दिने विद्यालय सचेतना कार्यक्रम सम्पन्न |
वातावरण प्रदुषण र न्यूनिकरण विषयक चित्रकला प्रतियोगिता सम्पन्न
Published Date:2016-05-08 04:12:15 PM

२४-वैशाख, वातावरण संरक्षण मञ्च नेपालको आयोजना तथा विर्तामोड नगरपालिकाको संयोजनमा झापाको विर्तामोडमा अन्तर विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । देवी उच्च माविको सभाहलमा सम्पन्न कार्यक्रममा विर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रवीन्द्र प्रसाद वस्तीको प्रमुख आतिथ्यता रहेको थियो भने वातावरण संरक्षण मञ्च नेपालका सल्ल्ााहकार प्रेम घिसिङ, देवि उच्च मा.विका प्रधानाध्यापक लेखनाथ भट्टराई, प्रमुख निर्णायक युवराज रिजालको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् विर्तामोडका अध्यक्ष पदम बहादुर तामाङ, रुद्र मेमोरियलका शिक्षक प्रमोद राजवंशी, कोहेड हेरिटेजका कृष्ण खतिवडा, लिटल एन्जलका सुवास खड्का, न्यूटन एजुकेशन एकेडेमीका पदम पराजुली, कन्चनजंगा इङलिस स्कूलका विषम आचार्य, इडन गार्डेनकी निरु बराल, कनकाई बोर्डिङ स्कूलकी इम्प्रेसा आचार्य लगायतको आतिथ्यता रहेको थियो । Image title

 
प्रतियोगितामा न्यूटन एजुकेशन एकाडेमीका सोनम गुरुङ र इरिका निरौंलाको टिम प्रथम हुन सफल भयो भने, इडन गार्डेन इङलिस स्कूलका भगत राजवंशी र स्वेच्छा तामाङको टिम ¢ितीय पुरस्कार लिन सफल भयो त्यसैगरी तृतीय पुरस्कार लिटल एन्जलका सन्तोष तामाङले हात पारे । सहभागीले चित्रकला मार्फत् अहिलेको वातावरणको स्थिति र त्यसको न्यूनिकरणका लागि गर्नुपर्ने क्रियाकलापहरु प्रस्तुत गरेका थिए । प्रतियोगितामा विर्तामोड क्षेत्रका ८ वटा विद्यालयको सहभागिता रहेको थियो । विजयी टिमलाई प्रथम, द्वीतीय र तृतीय हुनेलाई क्रमश ५०००, ३००० र २००० सहित प्रमाणपत्र प्रदान गरिएको थियो । 

Image title


कार्यक्रममा संस्थाको अध्यक्ष हैकम घिसिङको सभापतित्व रहेको थियो भने कार्यक्रमको सञ्चालन संस्थ्ााका सदस्य प्रदीप राजवंशीले गर्नुभएको थियो । 

Image title

Image title

Image title