News Highlights
दिगो फोहोरमैला व्यवस्थापनका लागि सर्वेक्षण | ४५ औं विश्व वातावरण दिवस २०७४ अवसरमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि घरदैलो कार्यक्रम सम्पन्न | प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि जनचेतना कार्यक्रम | विर्तामोडमा हरित मेला | विश्व वातावरण दिवस मनाउने भव्य तयारी | वातावरण प्रदुषण र न्यूनिकरण विषयक चित्रकला प्रतियोगिता सम्पन्न | पृथ्वी दिवसमा वृक्षारोपण कार्यक्रम सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्रसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | हाम्रो वातावरण पत्रिकाको विमोचन सम्पन्न | घोडामारामा उद्यान निर्माण सम्पन्न | चन्द्रगढीमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न | महेशपुरमा खुल्ला दिसामुक्त सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | सन् २०१६ सम्ममा झापा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा जुटौं | जलवायु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | जलवायु परिवर्तन र रेड्प्लस विषयक एक दिने विद्यालय सचेतना कार्यक्रम सम्पन्न |
पृथ्वी दिवसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
Published Date:2016-04-22 01:39:40 PM

१० वैशाख, पृथ्वी दिवस २०७३ (22-April) को अवसरमा विराटपोखर पर्यटकीय क्षेत्रमा "Trees for the Earth" भन्ने मुल नारासहित वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वातावरण संरक्षण मञ्च नेपाल, जिल्ला वन कार्यालय, झापा र विराट सरोवर बहुदेशिय विकास समितिको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा निमित्त जिल्ला वन अधिकृत नथुनी गोहिवर यादवको प्रमुख आतिथ्यता रहेको थियो भने गैरसरकारी संस्था महासंघ झापाका अध्यक्ष रुद्र सिटौला, सेक्टर वन कार्यालय सुरुङ्गाका इन्चार्ज ओमनाथ भट्टराई, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाका सह-सचिव विरेन मेचे, वातावरण संरक्षण मञ्च नेपालका अध्यक्ष हैकम घिसिङको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी सहायक जिल्ला वन अधिकृत देवेन्द्र उप्रेती, सहायक जिल्ला वन अधिकृत शिवराम शाह, नेफिन विर्तामोडका अध्यक्ष पदम बहादुर तामाङ (देवराज), वि.स.ब.वि.स.उपाध्यक्ष पर्शु सिटौला, वि.स.ब.वि.स सचिव विष्णु विमली, इफेक्टिभ ग्रुपका अध्यक्ष जोन तामाङ, इसिएफ नेपालका उपाध्यक्ष रमेश राजवंशी लगायतको आतिथ्यता रहेको थियो । 

Image title

 
कार्यक्रममा सौन्दर्य दिनेखालका विभिन्न प्रजातिका ५० बिरुवाहरु रोपिएको थियो । तापक्रम वृद्धि गम्भीर समस्यामा रुपमा आइरहेको अवस्थामा वृक्षारोपण गरी कार्वन उत्सर्जन कटौति गर्नुको विकल्प नभएकोले वृक्षारोपण कार्यक्रम गरिएको वातावरण संरक्षण मञ्च नेपालको अध्यक्ष हैकम घिसिङ जानकारी दिए । विश्वमा हरेक वर्ष १५ विलियन रुखहरु विभिन्न कारणले काटिँदै आएकाले यसलाई रोक्न हरेक व्याक्ति एक विरुवा रोप्नुपर्ने आवश्यकता रहेको छ । विरुवा रोपी औपचारिकता मात्र नगरेर यसलाई हुर्काउने र बढाउने जिम्मा विराट सरोवर बहुदेशिय विकास समितिले लिने अध्यक्ष हरिचरण शिवाकोटिले बताए । 

Image title


 
कार्यक्रम विराट सरोवर बहुदेशिय विकास समितिका अध्यक्ष हरिचरण शिवाकोटिको सभापतित्वमा तथा वातावरण संरक्षण मञ्च नेपालका सचिव नविन कोइरालाको सञ्चालनमा सम्पन्न भएको थियो ।
Image titleImage titleImage titleImage titleImage title