News Highlights
दिगो फोहोरमैला व्यवस्थापनका लागि सर्वेक्षण | ४५ औं विश्व वातावरण दिवस २०७४ अवसरमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि घरदैलो कार्यक्रम सम्पन्न | प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि जनचेतना कार्यक्रम | विर्तामोडमा हरित मेला | विश्व वातावरण दिवस मनाउने भव्य तयारी | वातावरण प्रदुषण र न्यूनिकरण विषयक चित्रकला प्रतियोगिता सम्पन्न | पृथ्वी दिवसमा वृक्षारोपण कार्यक्रम सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्रसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | हाम्रो वातावरण पत्रिकाको विमोचन सम्पन्न | घोडामारामा उद्यान निर्माण सम्पन्न | चन्द्रगढीमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न | महेशपुरमा खुल्ला दिसामुक्त सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | सन् २०१६ सम्ममा झापा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा जुटौं | जलवायु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | जलवायु परिवर्तन र रेड्प्लस विषयक एक दिने विद्यालय सचेतना कार्यक्रम सम्पन्न |
हाम्रो वातावरण पत्रिकाको विमोचन सम्पन्न
Published Date:2016-01-21 03:52:31 PM

    ६-माघ, वातावरण संरक्षण मञ्च नेपालद्वारा प्रकाशित हाम्रो वातावरण नामक अर्धवार्षिक पत्रिकाको विमोचन सम्पन्न भएको छ । संयुक्त वडा कार्यालय चन्द्रगढीको सभाहलमा आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेको प्रमुख आतिथ्य रहेको थियो भने खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको डिभिजन प्रमुख चोक प्रसाद धिताल, जिल्ला कृषि विकास कार्यालयका अधिकृत राजेन्द्र खरेल, मेची बहुमुखी क्याम्पसका वातावरण विज्ञानका प्रा. डा. के. आर. खम्बु, समाजसेवी तथा उद्योगपति धनजुजु श्रेष्ठको विशेष आतिथ्य रहेको थियो । त्यसैगरी संघीय समाजवादी फोरम नेपालका जिल्ला सह-सचिव समर कुमार राई, एकीकृत नेकपा माओवादीका नगर इन्चार्ज आर. के. घोष, वडा नागरिक मञ्च, १० का संयोजक डुक्पा राई, वीरेन्द्र उच्च मा.वि.का वातावरण शिक्षक शिव कुमार मिश्र, जिल्ला वन कार्यालयका मदन खतिवडा लगायतको आतिथ्यता रहेको थियो । पत्रिकाको विमोचन संयुक्त रुपमा प्रमुख अतिथि तथा विशेष अतिथिबाट भएको थियो । कार्यक्रमको दोस्रो खण्डमा जलवायु परिवर्तन र रेड्प्लसबारे सचेतनामुलक डकुमेन्ट्री तथा प्रेजेनटेसन प्रस्तुत गरिएको थियो । कार्यक्रममा वीरेन्द्र उच्च मावि, नेशनल मेरीगोल्ड र विभूति विद्या मन्दिरमा कक्षा ९ र १० मा अध्ययनरत ८० भन्दा बढी विद्यार्थीहरुलाई जलवायु परिवर्तनबारे सचेत गराइएको थियो । कार्यक्रम संस्थाको अध्यक्ष हैकम घिसिङको सभापतित्व तथा नविन कोइरालाको सञ्चालनमा भएको थियो भने स्वागत मन्तव्य गायत्री राजवंशीले राख्नुभएको थियो । Image title

Image title