News Highlights
दिगो फोहोरमैला व्यवस्थापनका लागि सर्वेक्षण | ४५ औं विश्व वातावरण दिवस २०७४ अवसरमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि घरदैलो कार्यक्रम सम्पन्न | प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि जनचेतना कार्यक्रम | विर्तामोडमा हरित मेला | विश्व वातावरण दिवस मनाउने भव्य तयारी | वातावरण प्रदुषण र न्यूनिकरण विषयक चित्रकला प्रतियोगिता सम्पन्न | पृथ्वी दिवसमा वृक्षारोपण कार्यक्रम सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्रसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | हाम्रो वातावरण पत्रिकाको विमोचन सम्पन्न | घोडामारामा उद्यान निर्माण सम्पन्न | चन्द्रगढीमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न | महेशपुरमा खुल्ला दिसामुक्त सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | सन् २०१६ सम्ममा झापा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा जुटौं | जलवायु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | जलवायु परिवर्तन र रेड्प्लस विषयक एक दिने विद्यालय सचेतना कार्यक्रम सम्पन्न |
चन्द्रगढीमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न
Published Date:2015-12-09 10:03:49 AM

 ४३औं विश्व वातावरण दिवस अवसरमा “एउटै पृथ्वी, सात अर्ब सपना : दीगो उपभोग हाम्रो चाहाना” भन्ने मूल नाराका साथ झापाको चन्द्रगढीमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न भएको छ । वातारण संरक्षण मञ्च नेपाल भद्रपुरको आयोजना तथा जिल्ला विकास समिति, झापा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चन्द्रगढी र भद्रपुर नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा भद्रपुर नगर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरु, संघ-संस्थाहरु, राजनैतिक दल, नागरिक समाज, सरकारी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी, व्यापारी, उद्योगी तथा पत्रकारहरुसहित ५०० भन्दाबढीको उपस्थिति रहेको थियो । कार्यक्रम विहान ७ः३० बजे लेखनाथ चौकबाट सुरु भई बजार तथा सरकारी कार्यालयको सरसफाई गरी वडा कार्यालय चन्द्रगढीमा पुगेर समापन भएको थियो । कार्यक्रमको उद्घाट्न प्रमुख जिल्ला अधिकारी तेज प्रसाद पौडेल, खानेपानी डिभिजन प्रमुख चोक प्रसाद धिताल र नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेको संयुक्त बहालीबाट सुरु भएको थियो ।
यसैबीच विश्व वातावरण दिवसकै अवसर पारी मेची बहुमुखी क्याम्पस भद्रपुरको हाताभित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । वातावरण संरक्षण मञ्च नेपाल भद्रपुर, जिल्ला विकास समिति, जिल्ला वन कार्यालय र भू–संरक्षण कार्यालयको संयुक्त आयोजना सम्पन्न गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तेज प्रसाद पौडेल प्रमुख आतिथ्य, जिल्ला शिक्षा कार्यालयका निमित्त प्रमुख उद्घव विष्ट, मेची बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उमानाथ ओली लगायतको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा वर्तमान समयमा विश्वको तापक्रम वृद्घि भइरहेको अवस्थामा यसलाई न्यूनिकरण गर्न वृक्षारोपण गर्नुको विकल्प नभएकाले यसलाई अभियानकै रुपमा लगिनुपर्ने प्रमुख अतिथिले बताउनुभयो । कार्यक्रमको स्वागत मन्तव्य जिल्ला वन अधिकृत इन्द्रमणी भण्डारीले गर्नुभएको थियो भने सञ्चालन संस्थाका सचिव नविन कोइरालाले गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हैकम घिसिङको सभापतित्व सम्पन्न भएको थियो ।
Image title