News Highlights
दिगो फोहोरमैला व्यवस्थापनका लागि सर्वेक्षण | ४५ औं विश्व वातावरण दिवस २०७४ अवसरमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि घरदैलो कार्यक्रम सम्पन्न | प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि जनचेतना कार्यक्रम | विर्तामोडमा हरित मेला | विश्व वातावरण दिवस मनाउने भव्य तयारी | वातावरण प्रदुषण र न्यूनिकरण विषयक चित्रकला प्रतियोगिता सम्पन्न | पृथ्वी दिवसमा वृक्षारोपण कार्यक्रम सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्रसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | हाम्रो वातावरण पत्रिकाको विमोचन सम्पन्न | घोडामारामा उद्यान निर्माण सम्पन्न | चन्द्रगढीमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न | महेशपुरमा खुल्ला दिसामुक्त सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | सन् २०१६ सम्ममा झापा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा जुटौं | जलवायु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | जलवायु परिवर्तन र रेड्प्लस विषयक एक दिने विद्यालय सचेतना कार्यक्रम सम्पन्न |
महेशपुरमा खुल्ला दिसामुक्त सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न
Published Date:2015-12-16 09:45:39 AM

     वातावरण संरक्षण मञ्च नेपाल र जि.वि.स. झापाको साझेदारीमा इलाका नं ३ अन्तर्गत जनकल्याण नि.मा.वि भद्रपुर–२ (साविक महेशपुर–१) मा .खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि जनचेतना कार्यक्रम सम्पन्न भएको छ । वातावरण संरक्षण मञ्च नेपालका अध्यक्ष हैकम घिसिङको सभापतित्व तथा भद्रपुर न.पा.का वडा प्रमुख हेमन्त नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चन्द्रगढीका इन्जिनियर प्रमोद दत्त, देबु बस्नेत, पुर्ण रानामगरको विशेष आतिथ्य रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य गायत्री राजवंशी, संस्थाको परिचय रमेश राजवंशी र सञ्चालन नगेन्द्र परियारले गर्नुभएको थियो । कार्यक्रममा एमाओवादी महेशपुरका इन्चार्ज ज्ञान बहादुर पुरी, नेपाली कांग्रेस नगर कमिटि सदस्य राजेन्द्र सापकोटा, महिला नेत्री स्वर्णीका सिंह आदिले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चन्द्रगढीका प्रशिक्षकद्वय प्रमोद दत्त र देबु बस्नेतले प्रेजेनटेसन, डकुमेन्ट्री र अन्तरक्रिया मार्फत् सहजीकरण गर्नुभएको थियोे । कार्यक्रममा भद्रपुर न.पा. वार्ड न.१,२,३ र ४ का शौचालय विहिन घरमुली सहित ६० जनाको उपस्थिति रहेको थियो ।


Image title