News Highlights
दिगो फोहोरमैला व्यवस्थापनका लागि सर्वेक्षण | ४५ औं विश्व वातावरण दिवस २०७४ अवसरमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि घरदैलो कार्यक्रम सम्पन्न | प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि जनचेतना कार्यक्रम | विर्तामोडमा हरित मेला | विश्व वातावरण दिवस मनाउने भव्य तयारी | वातावरण प्रदुषण र न्यूनिकरण विषयक चित्रकला प्रतियोगिता सम्पन्न | पृथ्वी दिवसमा वृक्षारोपण कार्यक्रम सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्रसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | हाम्रो वातावरण पत्रिकाको विमोचन सम्पन्न | घोडामारामा उद्यान निर्माण सम्पन्न | चन्द्रगढीमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न | महेशपुरमा खुल्ला दिसामुक्त सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | सन् २०१६ सम्ममा झापा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा जुटौं | जलवायु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | जलवायु परिवर्तन र रेड्प्लस विषयक एक दिने विद्यालय सचेतना कार्यक्रम सम्पन्न |
सन् २०१६ सम्ममा झापा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा जुटौं
Published Date:2015-12-07 07:51:18 PM

सन् २०१६ सम्ममा झापा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा जुटौं ।
आफ्ना बाल–बच्चाहरुलाई अकाल मृत्युबाट बचाऔं ।।
हार्दिक अपिल
नमस्कार,
आफ्नो घरमा चर्पी निर्माण नगरी जथाभावी दिसा–पिसाब गरेमा १ ग्राम दिसामा १ करोड भाइरस, १० लाख व्याक्टेरिया, १ हजार परजीवि, १०० जुकाको अण्डा हुन्छ । त्यसकारण झिंगा, हावा र पानी आदिको माध्यमबाट दिसा मुखमा परी वर्षमा प्रति व्याक्ति २ के.जी.सम्म खाइन्छ । दिसा मुखमा परी लाग्ने रोगहरु झाडापखाला, हैजा, जुका, जण्डिस, रगतमासी, म्यादे ज्वरो जस्ता रोगहरुले वर्षमा १०,५०० जना बाल–बालिकाहरुको साथै अरु मानिसहरुको समेत मृत्यु हुने गरेको छ । चर्पी नभई खुल्ला ठाउँमा दिसा गर्न जाँदा विषालु सर्प र विच्छी जस्ता खतरनाक जीवजन्तुको टोकाइले तपाई र हाम्रा बाल–बालिकाको अकाल मृत्यु भई हाम्रा जीवनका सपना हाम्रो सानो गल्तीले चकनाचुर हुनका साथै साहारा विहिन हुन सक्ने सम्भावना हुन्छ । खुल्ला ठाउँमा दिसा गर्दा हाम्रा छोरी–बुहारीहरुलाई फटाहाहरुले मौका छोपी इज्जत लुटेका विभिन्न घटनाहरु हाम्रा सामुन्ने छन् । छोरी–बुहारीको इज्जत जोगाउन समेत चर्पी नभएका घर परिवारले एक घर एक चर्पी बनाई चर्पीमा दिसा गर्ने बानी बसालौं । आ–आफ्ना बाल–बालिकाहरुलाई अकाल मृत्युबाट बचाऔं साथै दिसा गरिसकेपछि साबुन पानीले मिचिमिचि हात धोऔं । घर, आँगन, सडक, ढल सफा राखी सरसफाईमा बसौं । स्वस्थ्य रही निरोगी बनौं । सम्बन्धित गा.वि.स.का सहजकर्ताहरुसँग सम्पर्क राखी घरघरमा चर्पी बनाऔं ।
झापा जिल्लाको खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको रणनीति अनुसार जिल्लालाई सन् २०१७ सम्ममा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गराउने रणनीति अनुसार निकट भविष्यमा प्रत्येक गा.वि.स.÷न.पा.मा सरसफाई परिचय–पत्र लागू गर्दै जाने नीति अवलम्बन गरिने छ । परिचय पत्र नपाउने घर परिवारलाई गा.वि.स.÷न.पा.बाट पाउने सेवा सुविधाहरुबाट बञ्चित गराउने अवधारणा जानकारीका लागि अनुरोध छ । जथाभावी दिसा गर्नाले चर्पी भएका घर परिवारलाई समेत रोग हैजा लाग्ने र वातावरण दुषित पार्ने हुँदा सम्पूर्ण गा.वि.स÷नगरबासी दाजुभाई दिदीबहिनीहरु तथा संघसंस्थाहरुमा यो महान अभियानलाई सफल र निरन्तरताका लागि सबैबाट आवश्यक सहयोगको लागि हार्दिक अपिल गर्दछौं ।

वातावरण संरक्षण मञ्च नेपाल, भद्रपुर, झापा 

 जि.वि.स. झापा 

 खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, भद्रपुर, झपा