News Highlights
दिगो फोहोरमैला व्यवस्थापनका लागि सर्वेक्षण | ४५ औं विश्व वातावरण दिवस २०७४ अवसरमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि घरदैलो कार्यक्रम सम्पन्न | प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि जनचेतना कार्यक्रम | विर्तामोडमा हरित मेला | विश्व वातावरण दिवस मनाउने भव्य तयारी | वातावरण प्रदुषण र न्यूनिकरण विषयक चित्रकला प्रतियोगिता सम्पन्न | पृथ्वी दिवसमा वृक्षारोपण कार्यक्रम सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्रसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | हाम्रो वातावरण पत्रिकाको विमोचन सम्पन्न | घोडामारामा उद्यान निर्माण सम्पन्न | चन्द्रगढीमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न | महेशपुरमा खुल्ला दिसामुक्त सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | सन् २०१६ सम्ममा झापा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा जुटौं | जलवायु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | जलवायु परिवर्तन र रेड्प्लस विषयक एक दिने विद्यालय सचेतना कार्यक्रम सम्पन्न |
जलवायु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
Published Date:2015-12-07 07:41:42 PM

मोर्डन इङ्लिस हाइस्कूल, भद्रपुरमा जलवायु परिवर्तन र रेड् विषयक एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । वातवरण संरक्षण मञ्च नेपाल भद्रपुरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष हैकम घिसिङ सभापतित्व तथा मोर्डन इङ्लिस हाइस्कूलका प्रधानाध्यापक ध्रुव भण्डारीकोे प्रमुख आथित्य रहेको थियो । जलवायु परिवर्तन दिनानुदिन गम्भीर समस्याको रुपमा आइरहेको अवस्थामा यसलाई न्युनिकरण गर्न विद्यालय स्तरका विद्यार्थीहरु मार्फत सचेतना फैलाउने उद्देश्यले आयोजित उक्त कार्यक्रमको स्वागत मन्त्व्य संस्थाका उपाध्यक्ष रमेश राजवंशीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव नविन कोइरालाले गरेका थिए । कार्यक्रममा (ECF NEPAL) का अध्यक्ष तथा प्रशिक्षक हैकम घिसिङले विश्वको जटिल समस्याको रुपमा आएको जलवायु परिवर्तन, यसका प्रभावहरु, न्यूनिकरणका उपायहरु, REDD+ र जलवायु परिवर्तनको प्रभावलाई कम गर्न विद्यार्थीहरुको भूमिकाबारे सहजीकरण गरेका थिए । 


Image title