News Highlights
दिगो फोहोरमैला व्यवस्थापनका लागि सर्वेक्षण | ४५ औं विश्व वातावरण दिवस २०७४ अवसरमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि घरदैलो कार्यक्रम सम्पन्न | प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि जनचेतना कार्यक्रम | विर्तामोडमा हरित मेला | विश्व वातावरण दिवस मनाउने भव्य तयारी | वातावरण प्रदुषण र न्यूनिकरण विषयक चित्रकला प्रतियोगिता सम्पन्न | पृथ्वी दिवसमा वृक्षारोपण कार्यक्रम सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्रसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | हाम्रो वातावरण पत्रिकाको विमोचन सम्पन्न | घोडामारामा उद्यान निर्माण सम्पन्न | चन्द्रगढीमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न | महेशपुरमा खुल्ला दिसामुक्त सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | सन् २०१६ सम्ममा झापा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा जुटौं | जलवायु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | जलवायु परिवर्तन र रेड्प्लस विषयक एक दिने विद्यालय सचेतना कार्यक्रम सम्पन्न |
जलवायु परिवर्तन र रेड्प्लस विषयक एक दिने विद्यालय सचेतना कार्यक्रम सम्पन्न
Published Date:2015-12-07 01:57:08 PM

    वातावरण संरक्षण मञ्च नेपाल भद्रपुरको आयोजनामा चिल्ड्रेन गार्डेन अंग्रजी उच्च मा.वि. जलथल –४ मा “जलवायु परिवर्तन र रेड्प्लस विषयक एक दिने विद्यालय सचेतना कार्यक्रम” सम्पन्न भएको छ । वातावरण संरक्षण मञ्च नेपालका अध्यक्ष हैकम घिसिङको सभापतित्व तथा विद्यालयका को–अर्डिनेटर परासर दाहालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विद्यालयका उप–प्राधानाध्यापक पुण्यप्रसाद बजगाँई र फाउण्डर जीवन रिजालको विशेष आतिथ्य तथा शिक्षक गणेश सुवेदी, धर्मराज पोख्रेलको आतिथ्य रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठा भुर्तेलले राख्नुभएको थियो भने संस्थाको परिचय सदस्य गायत्री राजवंशीले गराउनु भएको कार्यक्रमको सञ्चालन सचिव नविन कोइरालाले गर्नुभएको थियो । कार्यक्रमको दोस्रो खण्डमा डकुमेन्ट्री तथा प्रेजेनटेसन मार्फत् मौसम, जलवायु, जलवायु परिवर्तन, यसका प्रभावहरु, कारणहररु र रेड्प्लसबारे सचेत गराइएको थियो । कार्यक्रममा उपाध्यक्ष रमेश राजवंशी तथा अध्यक्ष हैकम घिसिङ सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा चिल्ड्रेन गार्डेन स्कूलका कक्षा ८,९,१० का विद्यार्थीहरु र शिक्षकहरु सहित ६९ जनाको उपस्थिति रहेको थियो ।


Image title